लोकसेवाप्रतिको जनविश्वासलाई गुम्न दिन हुँदैन: राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगप्रतिको विश्वास वा गरिमालाई घटन दिन नहुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमालाई घटाउन नहुने बताउनुभएको हो । आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित विशेष समारोह राष्ट्रपति भण्डारीले आयोगप्रीत रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गर्नुभयो ।

सम्मृद्ध नेपाल निर्माण गर्न सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।


प्रकाशित | १ असार २०७६, आईतवार १७:२१