विदेशबाट फर्किदा दुईवटा मोबाइल ल्याउन पाइने

काठमाडौ -विदेशबाट फर्किदा यात्रुले ल्याउने थप एउटा गरी दुईवटा मोबाइलमा सरकारले भन्सार नलिने भएको छ।

मन्त्रिपरिषद् बैठकले एउटा मोबाइल ल्याउन पाउने गरी निजी झिटी गुन्टा भारी सम्बन्धी सूचना  संशोधन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 

यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो । मन्त्रिपरिषद्‌को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ ।

मन्त्री शर्माका अनुसार सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने मन्त्री शर्माले बताउनुभयो।


प्रकाशित | २६ बैशाख २०८०, मंगलवार १९:५९