प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फीर्ता हुनुभएको छ ।। युरोपेली देशको एक साता लामो विदेश भ्रमण सकेर स्वदेश फीर्ता हुनुभएको हो । प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानबाट काठमाडौं आइपुग्नु भएको छ ।

प्रधानमन्त्री ओली संयुक्त अधिराज्य (बेलायत)सहित युरोपेली मुलुकको भ्रमणका लागि जेठ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।  स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।


प्रकाशित | १ असार २०७६, आईतवार ११:५०