अत्यधिक गर्मीका कारण बाराका विद्यालयहरु आइतबारदेखि ६ दिन बन्द

बारा : अत्यधिक गर्मीका कारण बाराका सम्पूर्ण विद्यालयहरु असार १ गते देखि ६ दिनका लागि बन्द हुने भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराको बैठकले असार १ गते देखि ६ गतेसम्मका लागि जिल्लाका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।  विद्यार्थीहरु गर्मीको प्रत्यक्ष मारमा पर्न थालेपछि गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख अशोक रौनियारले जानकारी दिनुभयो ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार २०:२८