अन्नपूर्ण बहुमुखी सहकारीका अध्यक्ष देवराज न्यौपाने बागमती प्रदेश सहकारी संघको सचिवमा निर्वाचीत

काठमाडौं -अन्नपूर्ण बहुमुखी सहकारी संस्थाका अध्यक्ष देवराज न्यौपाने बागमती प्रदेश सहकारी संघको सचिव पदमा निर्वाचीत हुनुभएको छ । आईतबार काठमाडौंमा सम्पन्न प्रारम्भिक साधारणसभाले न्यौपानेलाई सचिवमा चयन गरेको हो ।

साधारणसभाको अध्यक्षमा रामशरण शर्मा घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेलाई सर्वसम्वत चयन गरेको हो । घिमिरे तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

साधारणसभाले १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति सर्वसम्वत चयन गरेको छ । सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा भीम प्रसाद दाहाल, सचिवमा देवराज न्यौपाने र कोषाध्यक्षमा टीकाराम भट्टराई चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा कृष्ण नेपाल, कृष्णप्रसाद तिमिल्सीना, दीपक जंगम, दुर्गा सञ्जेल, दुर्गा कार्की, अम्बिका थापा, मेनुका दाहाल, बिमल ढकाल र विपिन शर्मा चयन हुनुभएको छ ।

त्यस्तै नेत्रराज पौडेलको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा लक्ष्मी गिरी र कुलप्रसाद देवकोटा चयन हुनुभएको छ । निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले आईतबार नै पदभर ग्रहण गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी सघका संचालक टेक चौलागाईलगायत सहकारी अभियान्ताको उपस्थिती रहेको थियो ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार १९:००