जसपा नेता ठाकुर–महतो प्रधानमन्त्री ओलीसँग छलफलमा, सरकारमा सहभागीताका लागि सकारात्मक

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुट्नु भएको छ ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जनाइएको छ ।

ओलीसँगको भेटमा जसपाका अन्य मागका विषयमा छलफल भएको छ । जसपाले नागरिकता, संविधान संसोधन, मधेस आन्दोलनका क्रममा झुटा आरोप लगाएर पक्राउ गरिएका कार्यकर्ताहरूको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएको थियो । यसमध्ये अधिकांश माग ओली सरकारले पूरा गरेको छ ।

संविधान संसोधनका लागि कार्यदलसमेत बनेपछि जसपाको ठाकुर–महतो खेमा ओली सरकारमा सहभागीताका लागि सकारात्मक बनेको हो ।


प्रकाशित | १७ जेष्ठ २०७८, सोमबार १३:४७