माछापुच्छे् बैंकको थप ४ नयाँ शाखा, १२ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं: माछापुच्छे् बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा विस्तार गरेको छ । शाखा विस्तारसँगै बैंकले कार्यालयहरूसमेत शुभारम्भ गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालीका स्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहीबार झापा जिल्लाको भद्रपुर नगरपालिका–१०, स्थित चन्द्रगढी र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरूको औपचारिक उद्घाटन गरेको जनाएको छ ।

सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गर्नुभएको थियो भने झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

त्यस्तै, काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उद्घाटन गर्नुभयो । यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहँु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दियालगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार १८:५७