उपेन्द्र यादवको मानमर्दन हुनेगरी अन्तरवार्ता लिइएको भन्दै समाजवादी पार्टीद्धारा निन्दा

काठमाडौं: समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको मानमर्दन तथा अपमान हुनेगरी एभिन्यूज टेलिभिजनले अन्तरवार्ता लिएको भन्दै आपत्ति जनाएको छ । पार्टीका उपमहासचिव प्रकाश अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष समेत रहेका यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले आचारसंहिता विपरीत अभद्रपूर्ण शैलीले बदनियतपूर्वक प्रश्न सोधिएको जनाउनुभएको छ ।

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिने क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर उठ्नुभएको थियो । सोही विषयलाई लिएर पार्टीले आपत्ति जनाउँदै विरोध गरेको हो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १९:२३