फिफा वरियतामा नेपाल चार स्थान तल

काठमाडौं: विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल  झरेर १ सय ६५ औं स्थानमा पुगेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो । यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो , पोर्चुगल पाँचौ स्थानमा रहेका छन्।

छैटौ स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन् ।


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार १५:१७