शीतलनिवासबाट प्रधानमन्त्री फिर्ता, प्रधानमन्त्रीले बोलाएपछि मन्त्रीहरू बालुवाटारमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी बालुवाटार फर्कनु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै केहीबेर अघि बालुवाटार फर्किनु भएको हो ।

उता मन्त्रीहरू भने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले आफू राष्ट्रपतिलाई भेट्न जानुअघि राज्यमन्त्रीसहित सबै मन्त्रीहरूलाई बालुवाटारमा डाक्नु भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सबै मन्त्रीलाई बालुवाटार बोलाइएको जानकारी दिनुभयो ।

बैठकको कुनै निश्चित एजेण्डा नभए पनि समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्री सबैलाई बालुवाटारमा बोलाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । पछिल्लो समय पार्टी भित्रबाटै प्रधानमन्त्रीको राजीनामा माग भएपछि नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् ।


प्रकाशित | २० असार २०७७, शनिबार २०:०४