रामेछापको दोरम्बामा बस दुर्घटना : २ जनाको मृत्यु, ६ गम्भीर घाइते

रामेछाप: रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बिहीबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् ।

कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा पर्दा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको वडाअध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार काठमाडौँबाट दोरम्बा गाउँपालिकाको गुराँसे तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो । घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट ४० मिटर तल खसेको छ ।

 


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार १४:५१