फिफा विश्व वरियता : बेल्जियम पहिलो, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा

काठमाडौं : अन्तरराष्ट्रिय फुटबल महासंघ फिफाको विश्व वरीयतामा बेल्जियम पहिलो स्थानमा परेको छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ । वरियतामा भारत अघिल्लो महिनाभन्दा ५ स्थान तल झर्दै १०१ औं स्थानमा रहे पनि दक्षिण एसियाली वरीयतााम भने अग्रस्थान कायमै छ ।

गएको महिना फिफा वरीयताको शीर्ष १०० भित्र पर्न सफल भारत यस पटक भने त्यसभन्दा एक स्थान तल झरेको हो । नेपालको वरियता भने यथावत छ । ९९६ अंक रहेको नेपालको समान अंक छ ।

एसियाली वरीयताएसियामा इरानले आफ्नो अग्रता कायमै राखेको छ । इरान विश्व वरियतामा २१औं स्थानमा पुगेको छ । एसियामा दोस्रो स्थानमा जापान रहेको छ। जापान २६ औं स्थानमा रहँदा अष्ट्रेलिया ४१औं स्थानमा छ ।

१५१औं दक्षिण एसियाली वरीयता स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा रहँदा नेपाल भने दक्षिण एसियाको तेस्रो स्थानमा छ । भुटान १८६ र बंगलादेश १८८ औं स्थानमा रहँदा पाकिस्तान २०० श्रीलंका २०१औै स्थानमा रहेका छन् ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार २०:१६