प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि दुई नेता बालुवाटारमा पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ ।  पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बताइएको छ।

एमसिसीलाई लिएर अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेपछि सत्तारुढ दलका नेताहरु दबाबमा छन् ।

अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले दबाब बढाएपछि आजको भेटमा यसै बिषयमा छलफल केन्द्रीत हुने अनुमान छ।


प्रकाशित | २९ माघ २०७८, शनिबार १३:००