पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

काठमाडौं: पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भनएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पौडेलको उनको चितवनको माडीस्थीत आफ्नै विनासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए ।पौडेलका दुई छोरी छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।

 


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार ०९:२७