क्रिष्टललाई हराउँदै लेष्टर तेस्रो स्थानमा

एजेन्सी  : इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लेष्टरले क्रिष्टल प्यालेसलाई २ ० गोल अन्तरले पराजित गरेको हो ।  क्रिष्टलको मैदानमा लेष्टरलाई जित दिलाउन काग्लार सोयुन्कु र जेमी भर्डीले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सोयुन्कुले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । टर्कीका डिफेन्डर उनको यो क्लबका लागि पहिलो गोल हो ।  त्यसपछि खेलको ८८ औं मिनेटमा भर्डीले गोल गर्दै लेष्टरलाई २(० को सहज जित दिलाए ।

जितसँगै लेष्टरले ११ खेलबाट २३ अंक जोडेको छ । लेष्टर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।  तेस्रो स्थानमा उक्लने क्रममा लेष्टरले चेल्सीलाई पछि पार्यो । समान अंक भएपछि गोल अन्तरमा चेल्सी चौथो स्थानमा झरेको छ । १५ अंक जोडेको क्रिष्टल नवौं स्थानमा रहेको छ ।


प्रकाशित | १८ कार्तिक २०७६, सोमबार ११:५३