कांग्रेस जागरण अभियानले पार्टीप्रति आकर्षण बढाएको निस्कर्ष: अभियानको क्रममा ३१ हजार ६४२ पार्टी प्रवेश

काठमाडौंः नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान उपलब्धीमूलक भएको जनाएको छ । नेपाली कांग्रेसले आयोजना गरेको प्रथम चरणको जागरण अभियान उपलब्धीमूलक भएको जनाएको हो । बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले पहिलो चरणको अभियानले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ ।

जागरण अभियानका क्रममा ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको र ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  सबैभन्दा बढी सप्तरीमा प्रवेश गरेको जसमा २५०० मध्ये १५०० नेकपाका कार्यकर्ता रहेको प्रवक्ता शर्माको भनाई थियो ।

पाटी प्रवेश गरेकाहरुलाई प्रशिक्षण प्रदान गरी जिम्मेवारी समेत सुम्पिने जनाइएको छ । साथै अब भदौं २४ गते बीपी जयन्तीको अवसर पारेर दोस्रो चरणको अभियान सुरु गर्ने र अभियान सुरु गर्नु अगावै पार्टीको आन्तरिम संरचना, नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने र सक्रिय रुपमा अभियानमा लाग्ने शर्माको भनाई थियो ।  ‘जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।’


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार १६:०५