‘एनआरएनए अहिले अदालत जाने होइन, चुनाव गराउनुस्, खारेज गर्‍यो भने मात्र जाने हो’

यज्ञराज सुवेदी

गैर आवासीय नेपाली संघमा अहिलेको अवस्था आउनुमा अलीकती संस्थापन पक्षको केहि कमी कमजोरी देखियो । कुनै पनि संघ संस्थाहरुमा केहि न केहि पक्ष विपक्ष भइनैहाल्छन् । अहिले पनि एनसिसीहरुमा त्यस्ता गतिविधीलाई पार लगाउँदै आएका छौ । विधानमा कमी कमजोरी कुन अर्थमा भयो भने वर्तमान अध्यक्ष कुमार पन्तले विधानलाई हुवहु लागू गर्न सक्नु भएन् । मिलाउने र लचकताको नाममा केहि छुट दिने जुन बाटो अपनाउनु भयो त्यसले गर्दा केहि भाईरसहरु पस्यो र गलत प्रतिनिधिहरु छनौट भयो । गलत प्रतिनिधिलाई नै फेरि इस्यू बनाएर परराष्ट्र मन्त्रालयमा गइयो । त्यसकारण सस्थापन पक्षले विधानलाई कडाईका साथ पालना गर्दै जानुपर्नेमा त्यो कमजोरी गर्‍यो ।

मेरो कुमार पन्तलाई यो सुझाव छ कि एनआरएनए अहिले अदालत जाने काम छैन । चुनाव गराउनुस, यदी खारेजीको विरुद्ध पत्र आएमा मात्र जाने हो ।

मैले चाँहि शूरुदेखि नै के भन्दै आएको हो भने परराष्ट मन्त्रालयले ठूलो आर्थिक घोटाला वा सरकारको विरुद्धमा राजनीतिक गतिविधी गरेको खण्डमा मात्र कुनै पनि सामाजीक संस्थालाई हस्तक्षेप गर्न सक्छ । सामाजीक संस्था आफैमा स्वतन्त्र छ । नामै गैरसरकारी संस्था हो, सरकारी संस्था होइन नी । गैर सरकारी संस्था भएकाले उसको आन्तरिक मामिलामा उसको विधानअनुसार काम भएन भने अदालतले निर्णय गर्छ, त्यो मन्त्रालयले गर्ने होइन । विधान भनेको त्यो सस्थाको कानुन हो । त्यो कानुन अनुसार काम भएन भने त्यो कानुनको ब्याख्या अदालतले गर्छ । प्रशासनीक क्षेत्रमा राज्यलाई असर पर्ने काम गर्यो भने मन्त्रालयले नियन्त्रण गर्ने हो ।

यो पाली भने हामीले के देखिरहेका छौ भने विधानको ब्याख्या गर्ने र आन्तरिक जीवनको प्रशासनीक कामहरु पनि मन्त्रालयले निर्णय गर्दा एकदमै गलत नजिर बस्छ । यो एनआरएनएको लागि मात्र नभई नेपालमा भएका हजारौ संघसंस्थाहरुमा भोलीका दिनमा यो नजिरलाई लिएर मन्त्रालयले चाहेको बेलामा सामाजीक संघसस्थामा हस्तक्षेप गर्न सक्छ । यो एनआरएनए भनेको त विश्वब्यापी भएको हुनाले सामाजीक गैर आवासीय संस्था हो नी । त्यसकरण मेरो चाँहि वर्तमान नेतृत्वलाई के सुझाव छ भने तपाईले बनाएको नियम अनुसार अगाडि बढ्नुस, तोकिएको समयमा निर्वाचन गर्नुस, त्यो चुनाव वैध छ कि अवैध छ भन्ने विषयमा साथीहरु अदालत जान्छन्, अदालतले जे निर्णय गर्छ त्यही निर्णय मान्नुस । किनभने मन्त्रालय पनि एनआरएनएको विरुद्धमा जाओस, एनआरएनएले विधान मानेर भनेर यसकारण खारेज गरिपाउँ भनी अदालत जाओस । त्यसैले मेरो कुमार पन्तलाई सुझाव छ कि एनआरएनए अहिले अदालत जाने काम छैन । चुनाव गराउनुस, यदी खारेजीको विरुद्ध पत्र आएमा मात्र जाने हो ।

एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष रहनु भएको सुवेदी एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय सहसंयोजक पदको उम्मेदवार हुनुहुन्छ ।


प्रकाशित | १० मंसिर २०७८, शुक्रबार १७:२७