कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनु भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा खड्का र गुरुङ विजयी हुनु भएको हो ।

खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुनुहुन्छ भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुनुहुन्छ । देउवा पक्षका अर्का उम्मेदवार विजयकुमार गच्छदार झिनो मतान्तरले मात्रै पराजित हुनु भएको छ । 


प्रकाशित | १ पुष २०७८, बिहीबार ००:४८