बार एशोसिएशनमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौं : नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्दे श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो । महासचिवमा भने लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल विजयी हुनुभएको छ । पौडेल वामपन्थी उम्मेदवार सुरेन्द्र थापालाई हराउँदै महासचिवमा विजयी हुनुभयो ।

बारको २५औं कार्यसमितिका लागि भएको चुनावको परिणामअनुसार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष प्रदेश नम्वर १ बाट मान बहादुर रुम्दाली, उपाध्यक्ष प्रदेश नम्वर २ बाट रामचन्द्र सिंह, उपाध्यक्ष प्रदेश नम्वर ३ बाट ईश्वरी प्रसाद भट्टराई ,उपाध्यक्षमा गण्डकी प्रदेशबाट सुरेन्द्र थापा मगर, प्रदेश नम्वर ५ बाट उपाध्यक्षमा सुनिल कुमार श्रेष्ठ , कर्णालीबाट उपाध्यक्षमा मिनबहादुर महत रउपाध्यक्ष प्रदेशबाट उमेश प्रसाद बिष्ट विजयी हुनुभएको छ ।

त्यस्तैगरि खुला उपाध्यक्षमा महिलाबाट रक्षा वस्याल विजय हुनुभयो । महासचिवमा लिलामणी पौडेल, कोषाध्यक्षमा रुद्र प्रसाद पोख्रेल, सदस्यमा दलितबाट मोहन साशंकर , सदस्यमा मधेशी मुश्लीमबाट पंचनारायण मण्डल, मधेशी मुश्लीम खुल्लाबाट वीरेन्द्र कुमार ठाकुर ,आदीवासी जनजातीबाट उपत्यका बाहिर विना कुमारी सिंह (चौंधरी) , आदिवासी÷जनजाती खुलातर्फ सदस्यमा बद्री नारायण नगरकोटी, सदस्य महिला उपत्यका बाहिरबाट कल्पना कुमारी भण्डारी,सदस्य महिला खुला तर्फ अन्जु कायस्थ , सदस्य खुला उपत्यका बाहिरबाट डा. शिवराज पण्डित विजयी हुनुभयो ।

त्यस्तै, अन्य सदस्यहरुमा गंगा सागर खत्री , भिमसेन वन्जारा , भुवन प्रसाद निरौला,प्रकाश महर्जन , बाल कृष्ण गैरे र खिमानन्द अधिकारीले विजय हनुुभएको हो ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार १९:३४