प्रदेश ३ का स्थानीय तहमा ११९ नयाँ उद्यान बन्दै

हेटौडा : प्रदेश नं ३ ११९ स्थानीय तहमा शान्ति उद्यान बन्ने भएको छ । सरकारले प्रदेशका सबै स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो । चार वर्षभित्र निर्माण सम्पन्न हुनेगरी उद्यान निर्माणको काम प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ । स्थानीय तहहरुसँगको साझेदारीमा उद्यान निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ ।

शान्ति उद्यान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷ ७७ का लागि मात्र रु १० करोड बजेट छुट्याएको छ । स्थानीय तहसँग पहिले प्रस्ताव माग गर्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने मन्त्रालयको तयारी रहेको जनाइएको छ । शान्ति उद्यान निर्माणका लागि कार्यविधि बनाएर काम गर्न लागिएको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । उद्यान निर्माणमा स्थानीय तहलाई पनि लगानी गर्न लगाउने उहाँको भनाइ छ ।


प्रकाशित | २४ असार २०७६, मंगलवार ११:१६