एनआरएनए कतारद्धारा १२० जना नेपाली श्रमीकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण

कतार:  गैर आवासीय नेपाली संघ कतारले समस्यामा परेका नेपाली श्रमीकलाई राहत वितरण कार्य जारी राखेको छ । कोभिडका कारण समस्यामा परेका नेपाली श्रमीकहरुलाई एनआरएनए कतारले सहयोग वितरण कार्य जारी राखेको हो ।

Image may contain: 1 person

एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनद्वारा गठित उद्दार तथा राहत बितरण समितीले पाचौ चरणमा कतारको विभिन्न ठाउँमा रहेका १७ महिला र २७ पुरुष गरि ४४ जना नेपाली श्रमीकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरेकोमा छैठो चरणमा कतारको विभिन्न ठाउँमा रहेका २३ जना महिला र ९७ जना पुरुष गरि १२० जाना नेपाली श्रमीकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको हो ।

Image may contain: one or more people

अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समस्यामा परेका नेपालीलाई निरन्तर राहत वितरण जारी राखीने बताउनुभयो । यदी कोही पनि नेपाली कतारमा समस्यामा परेको भए सम्पर्क गर्न पनि अध्यक्ष मुसलमानले आग्रह गर्नुभएको छ ।

Image may contain: 2 people, shoes and outdoor

Image may contain: one or more people and shoes

 


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार २२:१७