प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौंं : प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले राजेन्द्र दास श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरेको छ । बैंकको ११ औं वार्षिक साधारणसभाले संस्थापक समूहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदयमोहन श्रेष्ठ तथा सर्वसाधारण सेयर धनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ११:४४