जापानी टिनएजर भित्र्याउन रियल र बार्सिलोनाको प्रतिस्पर्धा

एजेन्सी :  स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच ट्रान्सफर बजारमा उत्कृष्ट खेलाडी भित्र्याउन सधैं होडबाजी चलिरहन्छ । यस सिजन जुनमा पनि दुई क्लबबीच जापानका युवा खेलाडी भित्र्याउन प्रतिस्पर्धा हुने भएको छ ।

जापानका १७ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन दुवै क्लब अहिले अन्तरिक तयारीमा छन् । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा बार्सिलोना यसअघि पनि समस्यमा परिसकेको छ । यहि जुनमा १८ वर्ष पूरा हुने ताकेलाई क्लबमा ल्याउन अहिले दुवै क्लब तत्पर छन् । हाल एफसी टोकियोबाट खेलिरहेका उनले आफ्नो भविष्य युरोपमा नै रहेको बताएका छन् ।

रियल र बार्सिलोनासँगै पीएसजीले पनि पछिल्लो समय ताकेका एजेन्टलाई सम्पर्क गरेको खुलेको छ । तर ताकेले भने आफ्नो ध्यान स्पेनमा खेल्ने रहेको प्रष्ट पारेका छन् । यसअघि बार्सिलोनाले ताकेलाई उमेर नपुग्दै भित्र्याउँदा फिफाले कारवाही गरेको थियो । १८ वर्ष पुरा भएपछि उनी बार्सिलोना नै आउने क्लबले अपेक्षा गरेको छ । उनले क्लबमा ३ वर्ष बिताउँदै उमेर समूहमा खेलेका थिए ।

ताके आक्रामक मिडफिल्डमा खेल्दै गोल गर्ने अवसर सिर्जना गर्न माहिर मानिन्छन् । उनले आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्राविधिक रुपमा निपुण ताकेले १६ वर्षको उमेरमा नै जापानको यू-२० टोलीबाट


प्रकाशित | १ बैशाख २०७६, आईतवार १५:४०