कुनै समस्या वा सहयोग आवश्यक परेमा सम्बन्धित एनसीसीलाई जानकारी गराइदिन अध्यक्ष पन्तको आग्रह

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसले विश्वब्यापी महामारी फैलीरहेको बेला कुनै समस्या परेमा वा सहयोग आवश्यक परेमा सम्बन्धित एनसीसी पदाधिकारी एवं फोकल पर्सनलाई जानकारी गराइदिन आग्रह गर्नुभएको छ ।

पन्तले आफनो सामाजीक सञ्ञ्जालमा भन्नुभएको छ, ‘देशमा संक्रमण फैलिन नदिन नेपाल सरकारले लिएका धेरै पहलकदमी र सतर्कता सह्राहनीय छ । विदेशमा रहनुभएका नेपाली, खासगरी वैदेशिक रोजगारीमा रहनुभएका दिदीबहिनी, दाजुभाइका हकमा पनि सम्बन्धित देशले सुरक्षा र सतर्कताका पर्याप्त बन्दोबस्त गरेको छ–छैन भन्नेतर्फ विचार पुर्याइनेछ भन्ने अपेक्षा छ ।’

‘मलाई विश्वास छ, नेपाल सरकारले संसारका कुनै पनि नेपालीलाई सहाराविहीन भएको महसूस हुन दिने छैन । यसका लागि सक्दो सहयोग र समन्वय गर्न गैरआवासीय नेपाली संघ हरबखत तत्पर र नेपाल सरकारको साथमा रहेको छ। यसै सन्दर्भमा संघले माननीय गृह र परराष्ट्र मन्त्रीसित शुक्रबार छलफल गर्न लागिरहेको जानकारी समेत गैरआवासीय नेपाली समुदायलाई गराउँदछु’, पन्तले भन्नुभएको छ। पन्तले जारी गर्नुभएको सन्देश जस्ताको तस्तै ;-


प्रकाशित | ६ चैत्र २०७६, बिहीबार २२:२७