लोकसेवा आयोगमा आवेदन दिनेको संख्या उत्साहजनक, अहिलेसम्म ८७ हजारको आवेदन

काठमाण्डौ : सरकारले स्थानीय तहमा कर्मचारीको लागि बिज्ञापन गरेपछि युवाहरुको उत्साहजनक सहभागीता बढेको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिनेको संख्या उत्साहजनक देखिएको हो ।

लोकसेवा आयोगका अनुसार मंगलबार देशभरबाट झण्डै आठ हजार जनाले विभिन्न पदका लागि आवेदन दिएका छन् । ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि अहिलेसम्म झण्डै ८७ हजार जनाले आवेदन दिएका छन् । सरकार र आयोगले रद्द गर्ने निर्णय नगरेकाले आवेदन नरोकिएको आयोगको भनाइ छ । ‘आयोगको बैठकले थप निर्णय नगर्दासम्म आवेदन लिने र रद्द भए आवेदकले बुझाएको शुल्क फिर्ता गर्ने गरि आयोग अगाडि बढेको हो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १०:३५