मेलिना र दुर्गाको ‘के यो माया हो’ रिलीज (भिडियो)

काठमाडौँ : चर्चित गायिका मेलिना राई र गायक दुर्गा बहादुर राईको गीत ‘के यो माया हो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आसुतोष राईको शब्द तथा संगीत रहेको छ । अमृत सुनुवारले छायाँकन, सन्दिप भुजेलको कोरियोग्राफीमा रहेको उक्त म्यूजिक भिडियो संपदा बानिया र योगेन्द्र राईको अभिनय रहेको छ । दिनेश न्यौपानेको एरेंज, नभ ढङगेलले निर्देशन रहेको उक्त म्यूजिक भिडियोलाई नविन निरौलाले संपादन गरेका हुन् ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार १२:०२