एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : एमाले अध्यक्ष ओली

विराटनगर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै ओलीले सरकारको धारण के हो भन्ने स्पष्ट आउनुपर्ने बताउनु भएको हो ।

“एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो ।

ओलीले निर्वाचनको विकल्प नरहेको बताउँदै्र एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा पनि व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने पनि बताउनु भयो ।


प्रकाशित | १० पुष २०७८, शनिबार १५:२६