कोरोना भाइरस: न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने

एजेन्सी : अमेरिकाको न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने उद्देश्यले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर भएको हो ।

लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्र कोउमोले सो आदेशलाई हस्ताक्षर गरेको समाचारमा जनाइएको छ ।

बिबिसीले जनाएअनुसार अब न्यूयोर्कमाविवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ। सम्बन्धित अधिकारीहरूले पनि विवाहको ‘भर्चूअल’ कार्यक्रम सञ्चालन गर्न पाउनेछन्।


प्रकाशित | ८ बैशाख २०७७, सोमबार १८:०८