खेतमा रोपाइँ गरिरहेको समयमा चटयाङ लागेर डोटीमा ७ महिला घाइते

डोटी : खेतमा रोपाइँ गरिरहेको समयमा चटयाङ लागेर ७ महिला घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ चैकोटमा चटयाङ लागेर ७ जना महिला घाइते भएका हुन । घाइते हुनेमा गाउँपालिका वडा नम्बर–३, का २६ वर्षीया देवी बोहरा, ३५ वर्षीया पदमा धानुक, २३ वर्षीया भगु दमाई, १६ वर्षीया कल्पना दमाई, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमुना दमाई र २८ वर्षीया मिट्ठु दमाई रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १९:३७