१,२७२ जनामा संक्रमण पुष्टि, १,५७५ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १५ हजार ४ सय ४७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज मात्र १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १९ मंसिर २०७७, शुक्रबार १७:५६