मोटरसाइकलले ठक्कर दिँदा ललितपुरमा एक पैदलयात्रीको ज्यान गयो

ललितपुर : ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका कृष्णवीर नकर्मीको ज्यान गएको छ । प्रहरीका अनुसार बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्वयम्भु घर भई ललितपुरको ग्वार्को बस्ने ४५ बर्षका नकर्मीको उपचारका क्रममा ज्यान गएको हो ।

नकर्मीलाई ठक्कर दिएर मोटरसाइकल पल्टदा घाइते भएका मोटरसाइकल चालक कीर्तिपुरका विराज श्रेष्ठको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ०९:२७