डेनमार्कमा कोही पनि नेपाली संक्रमित भएको जानकारी छैन: रविन्द्र खडका-अध्यक्ष, एनआरएनए

रविन्द्र खड्का -अध्यक्ष, एनआरएन डेनमार्क

सम्पूर्ण डेनमार्कवासी नेपाली दाजुभाई दिदीबहिनीहरु

यतिखेर संसार कोराना भाइरस संक्रमणको सन्त्रासले अक्रान्त बनेको सर्वविदित छ । उक्त भाइरस नेपालको छिमेकी मुलुक चीनबाट शुरु भएर संसारका अधिकांस देश तथा सबै महादेशमा दुईलाख भन्दा बढी मानिसमा संक्रमित भइसकेको र आठहजारजना भन्दा बढीले ज्यान गुमाउन परेको सुचना सार्वजनिक भएको छ । पछिल्लो समय यूरोपमा तिब्ररुपमा विस्तार भएको छ।

डेनमार्कमा समेत छोटो समयमानै संक्रमितहरुको संख्या हजारभन्दा बढी भएको र केहीले जीवन गुमाउनु परेको अवस्थाले हामीलाई स्वाभाविक रुपमा चिन्ता र भयले प्रभावित पारेको छ । यसै विच डेनमार्क लगायतका यूरोपका अधिकास देशहरुले चालेको आपतकालिन कदमहरु, नीति तथा निर्देशन, अपिलले केही हद सम्म आश्वस्त पारेको छ । तर शैक्षिक संस्था, कतिपय व्यवसाय तथा कामसमेत बन्द अवस्थाले आर्थिक तथा व्यवहारिक कठिनाइहरु सृजना भएका छन । आशा गरौ विश्व मानव समुदायको सामाजिक तथा प्राविधिक सामर्थले यस विश्वव्यापि प्रकोप तथा महामारीलाई छिटै परास्त गर्ने छ । उक्त प्रयासमा सहयोग पुर्याउनु हामी सबैको मानवीय कर्तव्य हो ।

डेनमार्कमा हाम्रो समुदायको कोही पनि संक्रमित भएको जानकारी आएको छैन, ता पनि सरकारको निर्णय, निर्देश तथा अनुरोधलाई पालना एव अधिकारिक तथा प्रमाणिक निकायहरुबाट जारी गरिएका स्वास्थ्य सतर्कताका विधि,संहिता, टिप्सहरुलाई आत्मसात गरि संम्भावित जोखिमबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन अधिकतम कोसिस जारी राख्नु हामीलाई अपरिहार्य दायित्व आइ परेको छ ।
यसर्थ उक्त दायित्व निर्वाह गर्दै, विशेष कठिनाई आई परेमा सुचित गर्न र आफु आफ्नो परिवारको सुरक्षा तथा यस महामारी विरुद्धको अभियानमा राज्य एवम समाजलाई साथ सहयोग पुर्याउन एनआरएन डेनमार्क हार्दिक विनम्र निवेदन गर्दछ ।


प्रकाशित | ५ चैत्र २०७६, बुधबार २३:११