भक्तपुरको सल्लाघारी चौरमा शव फेला

भक्तपुरः भक्तपुर नगारपालिका वडा नम्बर-१ स्थित सल्लाघारीको ९९ रोपनी चौरमा एक युवाको शव फेला परेको छ । आइतबार बिहान ८ः३५ बजे सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमाद स्थायी ठेगाना भएका ४० वर्षीय झनक खत्रीको शव फेला परेको हो । मृतक भेटिएका खत्रीको शव पोष्टमार्टका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  साथै फेला परेका शव नजिकै बिषादी फेला परेकोले मृतकले विष सेवन गरेको हुनसक्ने बताइएको छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १३:०४