कोभिडविरुद्ध खोप लगाएकालाई श्री एयरलाइन्सको १० प्रतिशत छुट

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले कोभिड-१९ विरुद्धको दुवै चरणको खोप लगाइसकेका यात्रुलाई सबै गन्तव्यमा तोकिएको भाडदरमा १० प्रतिशत छुट दिने भएको छ । कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि लागू गरिएको हो ।

करिब दुई महिनापछि आन्तरिकतर्फको नियमित उडान खुला भएको छ। यात्रुले छुटको यो योजनाको लाभ कम्पनीको सबै टिकट बिक्री कक्षबाट लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाबाट लाभ लिन यात्रुले सरकारले दिएको खोप कार्ड पेश गर्नुपर्ने प्रावधान छ।

सरकारको निर्णय अनुसार बिहीबारदेखि ५० प्रतिशत उडान संख्याको आधारमा आन्तरिक उडान खुला गरेसँगै कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १० वटा उडानको तालिका पाएको छ।


प्रकाशित | १८ असार २०७८, शुक्रबार १४:३४