नेपाल एअरलाइन्सको जापान उडान स्थगित

काठमाडौँ : १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि नेपाल एअरलाइन्सको जापान उडान  स्थगित भएको छ । यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २१:५९