विप्लवका कास्की जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ

पोखरा : नेकपा विप्लव समूहका कास्की जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ परेका छन् । प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा बैठक भइरहेको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको जनाएको छ । विप्लवका कास्की जिल्ला सेक्रेटरी मिलन राई आक्रोससहित १८ जना पक्राउ परेका हुन । पक्राउ परेकाहरुलाई राति नै पोखरा ल्याइएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार ०७:५७