कलाकार सङ्घ अध्यक्षमा रवीन्द्र खड्का

काठमाडौं: नेपाल चलचित्र कलाकार संघको १७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा रवीन्द्र खड्का निर्वाचीत गरेको छ । निर्वाचन परिणामअनुसार खडकाले निर्वाचनमा २१८ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको हो । उहाँको प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार ०७:५३