माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

अछाम : माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख  जनकबहादुर शाहीका अनुसार तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो । स्थानीय दिपक विसीको घरमा एक कोठा भाडामा लिएर आयोजनाले सम्पर्क कार्यालय सञ्चालन गरिरहेको थियो । विस्फोटबाट विसीको घरमा सामान्य क्षति पुगेको र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको शाहीले बताउनुभयो ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १७:२७