मकवानपुर जीप दुर्घटनामा एक जनाको ज्यान गयो

मकवानपुर: मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ ,सिस्नेरीमा सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।

विरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको जीप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतिहारी जिल्ला बस्ने ४५ वर्षीय कनैया साह रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमकार सिंहले बताउनुभयो ।  उज्यालो अनलाईन


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १२:४२