एनआरएनए पोर्चुगलको अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी दर्ता

लिस्बन: गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ । विगत आधा दशकदेखि पोर्चुगलमा बस्दै आउनुभएको रिजाल सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । रिजालले आगामी (२०१९- २०२१ ) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पोर्चुगलको अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । लोकप्रिय युवा रिजाल हाल उपाध्यक्ष रहँदा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । रिजाललाई पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । रिजालका टिम समावेश समेत बनेको छ । साथै पोर्चुगलमा रिजालसँगै तिलक प्रसाद गैरेले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १४:१२