मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार ) देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। आज राति देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १०:३१