हावाहुरी प्रभावीतलाई एनआरएन क्यानडाको ५ लाख कोष खडा

क्यानडा : बारा र पर्साका हावाहुरी प्रभावीतलाई गैरआवासीय नेपाली संघ (एनआरएन), क्यानडाले ५ लाख सहयोग घोषणा गरेको छ । जसको लागि उसले ५ लाखको कोष खडा गरेको हो । एनआरएनए क्यानडाले पीडितको राहतका लागि सहयोग कोष स्थापना गरेको हो ।

साथै एनआरएन आईसीसी सदस्य अभिमन्यू बस्नेतलाई क्यानडामा रहेका संघसंस्थासँग समन्वय गरेर १५ दिनभित्र सहयोग रकम वृद्धि गर्न जिम्मेवारी तोकिएको छ ।

एनआरएन क्यानडाका प्रवक्ता रवीन्द्र घिमिरेले आँधीहुरी प्रभावितका लागि न्यूनतम पाँच लाखको कोष खडा गरिएको जानकारी गराउनुभयो । र एनआरएन क्यानडाका महासचिव चिरन घिमिरेले हावाहुरी प्रभावीतलाई सहयोगका लागि सबैमा आह्रवान गर्नुभएको छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार ०७:२८