काठमाण्डौको माइतीघरमा कार र मोटरसाइकल ठोक्किंदा एक जनाको ज्यान गयो

काठमाण्डौ: काठमाण्डौको माइतीघरमा कार र मोटरसाइकल ठोक्किंदा एक जनाको ज्यान गएको छ । शुक्रबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो । दुर्घटनामा परि एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार ०९:४३