म्यानमारमा जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठकको औपचारिक उद्घाटन

म्यानमार: गैर आवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको औपचारिक उद्घाटन भएको छ । बैठक हिजोबाट म्यानमारको याङ्गोनमा सुरु भएको हो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिन हुनुहुन्छ भने उद्घाटनमा विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास साथै संघका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सचिव डिवी क्षेत्रीलगायत सहभागि हुनुहुन्छ ।

एनआरएनए एसिया प्यासिफिक संयोजक किरण विक्रम थापाका अनुसार बैठकले आज समापन गर्ने कार्यक्रम छ । आज विभिन्न सेसन सञ्चालन गरिएपछि बैठकको निस्कर्षसहित समापन गरिने संयोजक थापाले जानकारी गराउनुभयो ।


प्रकाशित | २२ असार २०७६, आईतवार १०:४५