कैलाली -कञ्चनपुरमा हावाहुरीबाट घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने निर्णय

कैलाली: सुदूरपश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा परि घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । हावाहुरीबाट घाइते भएका सबैको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश प्रवक्ता प्रकाशबहादुर शाहका अनुसार हावाहुरीबाट कैलालीका ७६ र कञ्चनपुरका ३३ जना घाइते भएका छन् ।  हावाहुरीबाट गम्भिर भएका केहीलाई भारत र नेपालगञ्जमा समेत रेफर गरिएको छ । घाइतेमध्य कञ्चनपुरका १५ र कैलालीका ६६ जना उपचार गरी घर फर्किएका छन् । हावाहुरीमा परि दुई जनाको ज्यान गएको थियो ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १९:३३