काठमाडौं उपत्यकामा १ हजार ५३१ सहित २ हजार ४४० कोरोना संक्रमित थपिए, १९ को मृत्यु

काठमाडौं : नेपालमा थप २ हजार ४४० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २ हजार ४४० जनालाई संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर हाल २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्।

उपत्यकामा १ हजार ५३१ थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार काठमाडौंमा १ हजार १७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित थपिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थप १९ जनाको मृत्यु

नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ । आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ ।

सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।


प्रकाशित | १९ आश्विन २०७७, सोमबार १६:४५