बाँके-२ बाट राप्रपाका धवल शमशेर जबरा विजयी

बाँके: बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. धवल शमशेर जबरा विजयी हनु भएको छ । जबरा २९ हजार ५७७ मतका साथ विजयी हुनु भएको हो।

उहाँको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाउनुभयो । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाउनुभयो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार ०६:४३