सरकारले माग पूरा नगरे फेरि आन्दोलन गर्ने वैदेशिक रोजगार ब्यवसीय संघको चेतावनी

काठमाडौं: पाँच बुँदे माग राख्दै आन्दोलनरत वैदेशिक रोजगार ब्यवासीय संघले सरकारले माग पूरा नगरे फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । आफ्नो माग सरकारले छिटो पूरा नगरेमा फेरि आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । ब्यवसायीहरु एक सातादेखि वैदेशिक रोजगारी ठप्प पार्दै आन्दोलनमा उत्रीएका थिए ।

आजबाट म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको हवाइ टिकट काट्न सुरु छन् । व्यवसायी संघमा आबद्ध व्यवसायीले गएको जेठ ३ गते वृहत भेलामार्फत निर्णय नै गरेर ६ बुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारको उडान बन्द गर्ने निर्णय गरेका थिए ।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन, व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली देशअनुसार हुनुपर्ने माग राख्दै आएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १३:५५