अब मोटरसाइकलको पछाडि बस्नेले पनि अनीवार्य हेल्मेट लगाउनुपर्ने

काठमाडौं : मोटरसाइकलका कारण बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मोटरसाइकलको पछाडि बस्नेले पनि अब हेल्मेट लगाउनुपर्ने नियम लागू गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो । आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् र दुर्घटनाबाट हुने क्षति न्यूनीकरण होस् भन्नका लागि त्यस्ता व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो । नयाँ आउने सवारी ऐनमा यस्तो प्रावधान राख्न पन्तको भनाइ छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १६:२१