कांग्रेस केन्द्रीय सदस्यमा शशांकलाई सर्वाधीक ३८३६ मत, कसले पाए कति मत ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सर्वाधीक ३८३६ मत पाउनु भएको छ । कोइरालाले खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाउनु भएको हो । सम्भवत: कोइरालले अहिलेसम्मकै सबैभन्दा बढी मत पाउनु भएको छ । यसअघि महामन्त्रीमा गगन थापाले कुल ४६८२ मत गणनामा ३०२३ मत पाउनु भएको थियो ।

यस्तै, दोस्रो नम्बरमा एनपी साउदले २९३७ , तेस्रोमा बालकृष्ण खाँणले २८७९, चौथोमा उदयशमशेर राणाले २८४३ र पाँचौमा रामहरि खतिवडाले २८३२ मत पाउनु भएको छ ।

त्यस्तै, कृष्ण किशोर घिमिरेले १७०७ मत प्राप्त गर्दै ३५ नम्बरमा पर्न सफल हुनु भएको छ भने ९९ उम्मेदवारमध्ये सबैभन्दा कम मत पुरुषोत्तम लामिछानेले पाउनु भएको छ । लामिछानेले १६० मत पाउनु भएको हो ।


प्रकाशित | ४ पुष २०७८, आईतवार २१:३०